रौतहट २० माघ । मरधर सिमसार सरसफाइको थालनी बिहिवार बाट शरु भएको छ ।
नेपाली सेनाले बिहीवार देखी सिमसारको झारहरु र फोहोर हटाउन थालेको छ । जिल्ला प्रशासन कार्यालय, चन्द्रपुर नपाको समन्वयमा पोखरीको फोहोर तथा जलकुम्भी झार हटाउन लागेको नेपाली सेनाको बिरदल गण रौतहटका गणपती राजन दाहालले जनाएका छन ।
बिहीवार देखी माघ २९ गते सम्म नेपाली सेनाले मरधर सिमसार सरसरसफाईलाइ गर्ने कार्यक्रम रहेको छ ।
सैनिक नागरीक सम्वन्ध अभिबृद्धी तथा प्रकृती पर्यावरण र चुरे संरक्षण कार्यक्रम अन्र्तगत सिमसार सरसफाइ गर्न लागिएको छ ।
बिरदल गणका मेजर अमर थापाको नेतृत्वमा सिमसार क्षेत्रको सरसफाइ भैरहेको छ । नेपाली सेनाले सिमसार क्षेत्र सफाइ गर्न लागेको मा मेयर रामचन्द्र चौधरीले नेपाली सेना लाइ धन्यवाद दिएका छन ।
२५ वर्ष अघि सम्म १५ हेक्टर भन्दा बढी क्षेत्रफल रहेको सो सिमसारको अहिले करीव साढे ६ हेक्टर रहेको चन्द्रपुर नगरपालिकाले जनाएको छ । १५ फिट गहिरो तथा पांचसय मिटर भन्दा बढी लम्वाइ रहेको सिमसार अतिक्रमणको चपेटामा परेको हो ।
चन्द्रपुर नगरपालिकाले बिस्तृत अध्ययन गरेर सिमसारको संरक्षणगर्न , प्रदेश सरकार, केन्द्र सरकार संग समन्वय गरीरहेको चन्द्रपुर नपाका मेयर रामचन्द्र चौधरीले जानकारी दिएका छन ।
करीव १० विगाह जमिन अतिक्रमण भएको र २१ जना बिरुद्ध जमिन फिर्ताका लागी कार्वाही प्रकृया अगाडी बढाएको समेत चन्द्रपुरका मेयर चौधरीले जानकारी दिए ।
केहिबर्ष अघि सम्म दुर्लभ चराहरु सारस, पानीहाँस, झिल्ला लगाएत र साईबेरियन चराहरु पनि यस सिमसार क्षेत्रमा धेरै देखिने गरेको तर पछिल्लो दिनहरुमा सिमसार अतिक्रमण र चराहरुको चोरीशिकारी हुनाले चराहरु हराउदै गएकामा स्थानियबासीहरु चिन्तीत छन ।
नेपाली सेना र स्थानिय तहले गरेको कार्यमा जिल्ला प्रशासन कार्यालयले सहजीकरण गरेको जानकारी दिदै रौतहटका सिडिओ कृष्ण बहादुर शाहीले बताए । आन्तिरीक पर्यटनको हव बनाउन सकिने सम्भावना रहेको र सिमसारक्षेत्र लाइ व्यवस्थित बनाउन सवै क्षेत्र सकृय हुनु पर्ने सिडिओ शाहीको भनाइ छ ।
पर्यावरणको हिसावले मरधर सिमसारको महत्व धेरै रहेकाले जिल्लाकै महत्वपुर्ण स्थानको संरक्षणका लागी डिभिजन बन कार्यालय रौतहटले पनि समन्वय गरेर अगाडी बढ्न सक्ने डिएफओ अमरदेव यादवको भनाइ रहेको छ ।
‘दलदल, पानी, पोखरी र खोला, संरक्षण गरे सर्वहित होला , भन्ने नारा सहित यसबर्ष बिभिन्न स्थानमा बिश्व सिमसार दिवस मनाएपनि मरधर सिमसार संरक्षणमा ठोस कदम चालेको देखिदैन ।