Friday, January 24, 2025

देवाहीगोनाहीका मेयर पटेल अख्तियारको नियन्त्रणमा

पछिल्लाे समाचार

रौतहट १५ फागुन / अख्तियारको टोली ले मेयर धर्मेन्द्र पटेललाई नियन्त्रण मा लिएको छ ।
आइतवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले दुई लाख पचास हजार नगद र दुई लाख पचास हजारको चेकसहित टोलिले मेयरको कार्य कक्षबाट पक्राउ गरेको हो ।
उक्त नपाको वडा नंम्वर १ का वडाअध्यक्ष शेख नुरुल्लाहसंग घुस वापतको रकम मागेको अख्तीयारमा गुनासो आए पछि काठमाण्डौबाट आएको टोलिले मेयर पटेललाई घुस बापतको रकम लिदै गरेको अवस्थामा पक्राउ गरेको हो ।
मेयर यादवलाई अख्तीयार दुरुपयोग अनुसन्धान आयोगको टोलिले नियन्त्रणमा लिएको रौतहटका सिडियो कृष्ण बहादुर शाहीले जानकारी दिए ।
मेयर पटेल पक्राउ परेको खबर सुनेपछि मेयरलाइ फसाउन खोजेको भन्दै देवाहिमा रहेको नगरपालिकाको कार्यालय घेराउ गरेका छन ।
नगरपालिका कार्यालय वरिपरि सुरक्षाकर्मी खटाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु