Friday, January 24, 2025

दुर्घटनामा घाईते भएका युवकलाई समयमा उपचार नहुँदा मृत्यु

पछिल्लाे समाचार


धनुषा , १२ फागुन //
समयमा उपचार नहुँदा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका जनकपुरधाम उपमहानगरपालिका–१२ कुँवाका ३० बर्षीय सन्दीप यादवको मृत्यु भएको छ ।

मोटरसाइकल दुर्घटनामा गम्भिर घाइते भएका यादवलाई अस्पताल नलगी घर लैजाँदा मृत्यु भएको जनाइएको छ ।
बुधबार राति साथीसँग घर जाँदै गर्दा यादव सवार मोटरसाइकल दुर्घटना भएको थियो ।धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्र बस्नेतका अनुसार मोटरसाइकलको पछाडि बसेका यादव गम्भीर घाइते भएपनि उनलाई अस्पताल लग्नुपर्नेमा मोटरसाइकल चालकले घरमै लगेर राखिदिएको थियो ।

घाइतेलाई अस्पताल पुर्‍याउनुपर्नेमा राति ११ बजेतिर घरको बरण्डामा लगेर छोडिदिएको देखिएको डीएसपी बस्नेतले बताए ।

राति १ बजेतिर घरका सदस्य उठेपछि सन्दीपलाई घाइते अवस्थामा देखे पछि उनलाई बिहान जनकपुरधामस्थित प्रादेशिक अस्पताल ल्याएपछि चिकित्सकले मृत घोषणा गरेको डीएसपी बस्नेतले जानकारी दिए ।

प्रहरीले घाइते भएका यादवलाई घरमा लगेर छाडिदिने मोटरसाइकल धनीलाई नियन्त्रणमा लिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जानकारी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु