Thursday, January 23, 2025

जनमत पार्टीद्वारा पुर्व पश्चिम राजमार्ग अवरुद्व

पछिल्लाे समाचार


रौतहट ,२० माघ //
डा सिके राउतको जनमत पार्टीले आज पुर्व पश्चिम राजमार्ग अवरुद्व पारेका छन्।

प्रदर्शनकारीहरुले बारा देखी सप्तरी सम्मको राजमार्गमा बिहान देखी टायर बालेर लट्ठी लिएर राजमार्ग अवरुद्व पारेका हुन् । अवरोधको कारण राजमार्ग सुनसान छ ।

बुधबार मोरङको रङ्गेलीदेखि बर्दियाको गुलरियासम्म र मधेश प्रदेशका सबै जिल्ला लगायत १८ जिल्लामा जनमतका कार्यकर्ताले मशाल जुलुस निकालेका थिए ।

आज राजमार्गमै बस्ने, खाना पकाएर खाने र आवतजावत पूर्ण रूपमा बन्द गर्ने जनमत प्रेसमञ्चका अध्यक्ष बिपी साहले जानकारी दिए ।
किसानलाई मलखाद उपलब्ध गराउनुपर्ने, किसानलाई पेन्सन दिनुपर्ने, सिँचाइको व्यवस्था गर्नुपर्ने लगायतका माग राख्दै जनमत पार्टीले विभिन्न स्थानमा आन्दोलन गर्दै आएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु