Wednesday, January 22, 2025

कोरोना संक्रमणबाट वीरगञ्जमा एकजनाको मृत्यु

पछिल्लाे समाचार


पर्सा , २३ माघ //
कोरोना संक्रमणबाट वीरगञ्जमा एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा रौतहटको माधवनारायण नगरपालिका वडा नं. १ का ७० वर्षीय पुरुष रहेका छन्।

वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत पुरुषको शनिबार मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा उदयनारायण सिंहले बताए।

शुक्रबार अस्पतालमा भर्ना भएका ती पुरुषको एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

कोरोनाबाट मृत्यु भएका पुरुष पहिलेदेखि मुटुका बिरामी थिए। उनले कोरोनाविरुद्धको भेरोसेल खोपको दुबै मात्रा लिएका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु