Friday, January 24, 2025

इँटा व्यवसायीले बढाए इँटाको मूल्य

पछिल्लाे समाचार


सर्लाही , २ फागुन //
सर्लाहीका इँटा व्यवसायीले इँटाको मूल्य बढाएका छन् ।

अघिल्लो साता दुई दिन परेको बेमौसमी वर्षाले काँचो इँटा नष्ट गरेर ठूलो क्षति पुर्याएकाे भन्दै इँटा व्यवसायीले इँटाको मूल्य बढाएका हुन् ।

वर्षाका कारण जिल्लामा करिव ३३ करोड रुपैयाँ मूल्य बराबरको काँचो इँटा नष्ट पारेको व्यवसायीहरुकाे दाबी छ ।
त्यसबेला झण्डै १२ करोड वटा इँटा पानीले गलेर नष्ट भएको व्यवसायीहरुले बताएका छन् ।तत्काल मूल्य वृद्धि नगरिए व्यवसायीहरुले घर खेत नै बेच्नुपर्ने अवस्था आएपछि प्रतिइँटा दुई रुपियाँ मूल्य वृद्धि गरिएको सर्लाही इँटा उद्योग व्यवसायी सङ्घका सचिव एवं सासापुरमा इँटा भट्टा सञ्चालन गरिरहेका व्यवसायी भगवान मैनालीले बताए ।

उनका अनुसार मूल्य वृद्धि गरेर कोइलाबाट पकाइएको १ नम्बर इँटाको १६ रुपैयाँ र दाउराबाट पकाइएको इँटाको १४ रुपैयाँ पुर्याइएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु