सर्लाही , २४ माघ //
९ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा सर्लाहीबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–८ का २१ वर्षीय सोमबहादुर गोले रहेका छन् ।
गोलेलाई केही दिनअघि ९ वर्षीया एक बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा ईलाका प्रहरी कार्यालय लालबन्दीले पक्राउ गरेको हो ।
प्रहरीको हिरासतमा रहेका गोलेविरुद्ध सर्लाही जिल्ला अदालतबाट जवरजस्ती करणी मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ।