सर्लाही , ३ फागुन //
सर्लाहीबाट लागुऔषध गाँजा सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको कौडेना गाउँपालिका वडा नं. २ का २४ वर्षीय बिकास राउत रहेका छन्।
मंगलवार विहान करिब ११ बजे सर्लाहीको बिष्णु गाउँपालिका–२ स्थित नदिया पकडी जाने बाटोमा चेकजाँच गर्ने क्रममा उनलाई १० किलो गाँजा सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए।
नेपालबाट भारततर्फ जादै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा बोराभित्र लुकाई–छिपाई लग्दै गरेको १० किलो गाँजा सहित राउतलाई पक्राउ गरिएको उनले बताए।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।