धनुषा , २१ माघ//
धनुषामा बिहीबार रातिदेखि चलेको हावाहुरीले रुख ढाल्दा च्यापिएर दुई विद्यार्थीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ८ वर्षीया प्रतिमा कुमारी सदा र ७ वर्षिय अरबन्दी सदा रहेका छन्।
धनुषाको सबैला नगरपालिका—१२ स्थित फकिरचन्द उच्च माविको प्रांगणमा रहेको मसालको रूख ढल्दा च्यापियारा उनीहरुको मित्यु भएको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए ।
दुबैजनाको टाउकोमै चोट लागि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।