Friday, January 24, 2025

हत्या गरेर फरार रहेका व्यक्ति १६ बर्षपछि पक्राउ

पछिल्लाे समाचार

बाजुरा १३ फागुन / त्रिबेणी नगरपलिका ८ कालापानीका २४ बर्षिय प्रभु गिरीको हत्या मा संलग्न मुख्य योजनाकार १६ बर्ष पछि प्रक्राउ परेका छन् ।
घटनाको १६ बर्ष पछि भरत गिरी लाई भारत बाट प्रक्राउ गरेर ल्याएको जिल्ला प्रहरी कार्यलय बाजुरा का डिएसपी चर्तुभुज ओझाले जानकारी दिएका छन ।
जिल्ला प्रहरी कार्यलय बाजुराले पत्रकार सम्मेलन मार्फत सो घटनाको मुख्य योजनाकार भरत गिरी रहेको जनाएको छ ।
इन्टरपोल संगको समन्वय तथा भारतिय प्रहरीको सहयोगमा भारतको उत्तराखण्ड पक्राउ गरेर नेपाल ल्याएको हो । उनि १६ बर्ष देखी भारतमा लुकिछिपि बसिरहेको थिए ।
घटनामा संलग्न अन्य ९ जना भने जेल भुक्तान गरिसकेको प्रहरीले जनाएको छ ।
२०६३ माघ १० गते प्रभु लाई रुखमा डोरीले बाँधि साईकलो चैन, लाठि, मुग्रा, ढुङ्गा प्रहार गरी हत्या गरेर गहु बारीमा शव छोडेका थिए ।
भरत ले काकाको छोरी नाता पर्ने सँग अनैतिक सम्बन्ध राखेको अबस्थामा प्रभु गिरीले रंगेहात भेटेपछि भरतले प्रभुलाई हत्या गर्ने योजना बनाएको प्रहरीले जनाएको छ ।
जिल्ला अदालत बाजुराले २०६८ माघ ४ गते भरत गिरीलाई सर्वश्व सहति जन्म कैदको फैसला गरेको थियो ।
त्यस्तै पुनराबेदन अदालत दिपायलले पनि सोही फैसला सदर गरेको थियो । सर्वोच्च अदालतले भने २०७० भदौ २१ गते जन्म कैदको फैसला ठहर गरेको थियो ।
भारतमै पुगेर लुकिछिपि बसेको अबस्थामा १६ बर्ष पछि अपराधि पक्राउ परेपछि पिडीत परिवारले न्याय पाएको महशुस भएको बताएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु