रौतहट १४ फागुन / मौलापुरमा साक्षरताका लागी साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
श्री लक्ष्मीनिया माध्यमिक विद्यालयको १२ औं वार्षिकोत्सवको अवसरमा सो कार्यक्रमको आयोजन गरिएको थियो ।
विगतका वर्षहरु झैं यस वर्ष पनि मौलापुर नगरपालिकाले वार्षिकोत्सवको विशेष अवसरमा “साक्षरताका लागी साँस्कृतिक कार्यक्रम“ आयोजन गरेको थियो । सो कार्यक्रम उत्साहवर्धक रुपमा सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथीको रुपमा नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साह रह्नु भएको थियो ।
कार्यक्रम सञ्चालन श्री मावि सोनरनियाका प्रधानाध्यापक राजेन्द्र साहले गर्नु भएको थियो ।
मौलापुर नगरपालिकाले नगरको शिक्षा क्षेत्रमा गुणात्मक सुधारका लागी दर्जनौं शिक्षक भर्ना, सयभन्दा बढी कक्षा कोठा निर्माण, विद्यार्थी भर्ना अभियान, छात्राहरुलाई साईकल वितरण, ल्यापटप वितरण सहित साक्षरताका लागी साँस्कृतिक कार्यक्रम जस्ता कार्यक्रमहरु संचालन भएका छन