Saturday, January 25, 2025

सर्लाहीमा १६४ अतिविपन्न तथा दलित परिवारलाई राहत वितरण

पछिल्लाे समाचार


सर्लाही , १० फागुन //
सर्लाहीमा अतिविपन्न तथा दलित परिवारलाई राहत वितरण गरिएको छ ।सोमबार जिल्लाको ईश्वरपुर नगरपालिका–९, मा १६४ अतिविपन्न तथा दलित परिवारलाई राहत वितरण गरिएको हो।

गोर्खा वेलफेयर ट्रष्ट नेपाल उत्थानशील खानेपानी सरसफाई तथा विपद् तयारी कार्यक्रम पोखराको सहयोगमा सो वडाको रामनगर र खुसीपुर गाउँका १६४ परिवारलाई राहतस्वरुप फाइबर सिरक र डस्ना वितरण गरिएको ईश्वरपुर नगरपालिका–९, का वडाध्यक्ष अमिरीलाल साहले बताए ।

वडाध्यक्ष साह आफै र रामनगर खानेपानी तथा सरसफाई समितिका अध्यक्ष योगनारायण चौधरीले अतिविपन्न तथा दलित परिवारलाई वीरेन्द्र प्राथमिक विद्यालय रामनगरको प्राङ्गणमा सहयोगी संस्थाका प्रतिनिधि, सुरक्षाकर्मी लगायतको उपस्थितिमा राहत वितरण गरिएको हो।

सिरक र डस्नासँगै प्रत्येक परिवारलाई मास्क र हातधुने साबुन समेत वितरण गरिएको सहयोगी संस्थाका प्रतिनिधि एवं इन्जिनियर विज्ञान श्रेष्ठले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु