Thursday, January 23, 2025

सर्लाहीमा घुम्ती खोप सेवा सुरु

पछिल्लाे समाचार


सर्लाही , २४ माघ //
आइतबारबाट सर्लाहीको लालबन्दी नगरपालिकामा घुम्ती खोप सेवा सुरु गरिएको छ ।

अष्ट्रेलियन एड/आड्रा नेपालको सहयोग तथा लालबन्दी नगरपालिकाको समन्वयमा बागमती सेवा समाजले नगर क्षेत्रमा कोरोना भाईरस विरुद्दको घुम्ती खोप सेवा सुरु गरेकाे हो ।

लालबन्दीका नगर प्रमुख मानबहादुर खड्काले घुम्ती खोप सेवाको शुभारम्भ गरेका थिए।

घुम्ती खोप सेवा अन्तर्गत स्वास्थ्यकर्मीहरु खटाएर गर्भवती महिला, अपांगता भएका व्यक्ति र अशक्त व्यक्तिहरुलाई घरदैलोमै पुगेर खोप लगाइने बागमती सेवा समाजले जनाएको छ ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव तिमल्सिना, बागमती सेवा समाज हरिवनका अध्यक्ष भरत कुमार कार्की लगायतको उपस्थिति थियो ।

सर्लाहीसहित मधेस प्रदेशका महोत्तरी, धनुषा र रौतहट गरी ४ जिल्लामा सञ्चालन हुने यो अभियानको गत शुक्रबार प्रदेश राजधानी जनकपुरधाममा उद्घाटन गरिएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु