Monday, January 27, 2025

सर्लाहीमा ई–पासपोर्ट वितरण सूरु

पछिल्लाे समाचार


सर्लाही , ३ फागुन //
सर्लाहीमा सोमबारदेखि ई–पासपोर्ट वितरण सूरु गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मलंगवाले सेवाग्राहीहरुलाई इ–पासपोर्ट (विद्युतीय राहदानी) वितरण सुरु गरेको हो ।

कार्यालयले एक महिना भन्दा अघिदेखि इ–पासपोर्टका लागि सेवाग्राहीहरुको फर्म भर्ने र अन्य आवश्यक कागजात संकलन गर्ने काम थालेको थियो।
राहदानी विभाग काठमाडौंबाट पहिलो पटक १५६ जना सेवाग्राहीको इ–पासपोर्ट छापिएर आएपछि सोमबारबाट वितरण सुरु गरेको हो ।

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले सोमबार तीन जना सेवाग्राहीलाई इ–पासपोर्ट प्रदान गरी पासपोर्ट वितरण कार्यको शुभारम्भ गरेका थिए ।

इ–पासपोर्ट छापिएर आएका अन्य सेवाग्राहीहरुले पनि कार्यालयमा आएर आ–आफ्नो पासपोर्ट लिएर जान सक्ने प्रजिअ गौतमले जानकारी दिए ।
आवेदन पेश भएको १५ दिनभित्र सेवाग्राहीहरुलाई इ–पासपोर्ट वितरण उपलब्ध गराईने उनले बताए।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु