सर्लाही , २९ माघ //
सर्लाहीको हरिवनबाट थप एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिवन नगरपालिका–८, बस्ने ३० वर्षीय सुरज भनिने चूडाबहादुर राई रहेका छन्।
सवारी ज्यान मुद्दामा दुई महिना कैद र दुई हजार रुपियाँ जरिवाना तोकिएका राईलाई शुक्रबार बिहान घरबाटै पक्राउ गरेको हो ।
गएको वर्ष चैत ९ गते सर्लाही जिल्ला अदालतबाट सवारी ज्यान मुद्दामा कैद र जरिवानाको फैसला गरेपछि राई फरार भएका थिए ।