सप्तरी , २३ माघ //
सप्तरीमा देवरले आफ्नै भाउजूलाई पेट्रोल छर्केर आगो लगाउँदा मृत्यु भएको छ।
जिल्लाको बोदेबर्साइन नगरपालिका वडा नं. १ धनगढीका प्रमेश्वर साहले भाउजू राजकुमारी साहको शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा उनको जलेर मृत्यु भएको हो।
शुक्रवार बिहान घरमा रोटी पकाइरहेको २७ वर्षीया राजकुमारीको शरीरमा २० वर्षीय प्रमेश्वरले पेट्रोल छर्केर आगो लगाएका थिए ।
महिलाको शरीरको विभिन्न भाग जलेपछि विराटनगरमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
यता महिलाकी पति रबिनकुमारले आफू काम विशेषले घर बाहिर रहेको समय आफ्नै भाइले पत्नीको शरीरमा आगो लगाएको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।
यता जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जाहेरीका आधारमा आगजनी गर्नेको खोजी भइरहेको जानकारी दिए।