Thursday, January 30, 2025

सप्तरीको राजविराज नगरपालिकाको वडा कार्यालयमा लगाइएको ताला खुल्यो

पछिल्लाे समाचार


सप्तरी , ३ फागुन //
सप्तरीको राजविराज नगरपालिकाको वडा कार्यालयमा लगाइएको ताला खुलेको छ ।

विकास निर्माणकार्यमा ब्यापक अनियमितता भएको भन्दै आन्दोलन संघर्ष समितिले वडा नं. १६ बोरिया कार्यालयमा अनिश्चितकालीन ताला लगाएको ताला सोमवार भएको सर्वपक्षीय बैठक पश्चात खोलिएको हो ।

संघर्ष समितिका अध्यक्ष राम लखन यादवका अनुसार मेयर शम्भु प्रसाद यादवको रोहवरमा भएको सर्वपक्षीय छलफलबाट ताला खोलिएको हो ।

वडामा भइरहेको बिकास निर्माण कार्य पारदर्शी हुनुपर्ने तथा बिकास निर्माणको काममा भएको अनियमितता बिरुद्ध संघर्ष समिति गठन गरि बिकास निर्माणका लागि वडा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको थियो ।
वडा कार्यालयमा तालाबन्दी हुदा वडाका हजारौं सेवाग्राहीहरुको दैनिक काम प्रभावित हुँदै आएको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु