पर्सा , २९ माघ //
वीरगञ्जमा कोरोना संक्रमणका कारण एक वृद्धको मृत्यु भएको छ ।
शुक्रवार साँझ साढे ७ बजे वीरगञ्ज महानगरपालिका वडा नम्बर २० अपौनी निवासी ७५ वर्षीय वृद्धको मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिँहले जानकारी दिए ।
उनका अनुसार ति वृद्धको बिहिवार गरिएको एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो ।
कोरोना पोजेटिभ देखिएपछि बिहिवार नै वीरगञ्ज बिर्तास्थित एड्भान्स हस्पिटलमा भर्ना भएका वृद्धलाई नारायणी अस्पतालमा रिफर गरिएको थियो ।
मृगौला सम्बन्धित दीर्घ रोगी समेत रहेका उनले कोरोना भाईरसविरुद्धको कुनै पनि खोप लगाएका थिएनन् ।