रौतहट , १० फागुन //
लोकसेवा आयोगको विभिन्न तहको परीक्षा स्थगित भएको छ ।
आयोगका उपसचिव एक नारायण शर्माले माघ २६ गते सर्वोच्च अदालतबाट जारी आदेशको कार्यान्वयन गर्ने सिलसिला मा प्राविधिक तर्फको शाखा अधिकृत, स्वास्थ्यको सातौँ र आठौँ र नासु तर्फको अप्राविधिक परिक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको जानकारी दिए।
आयोगले फागुन १३ गतेदेखि इन्जिनियरिङ, कृषि, वन, विविध, शिक्षा र संघीय संसदतर्फ अधिकृत तृतीयको परिक्षा लिने निर्धारण गरेका थियो ।
स्वास्थ्य तर्फको सातौँ र आठौँ तहको परिक्षा आउँदो वैशाख २ गतेदेखि हुने निर्धारण भएको थियो।
यस्तै नासुको परिक्षा वैशाख ५ गतेदेखि गर्ने तयारी गरेको आयोगले जनाएको छ ।