वीरगञ्ज , ३ फागुन //
वीरगञ्जबाट लागुऔषधसहित एक भारतीय नागरिकलाइ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत विहारको मोतिहारी थाना रामगढवा १४ का २२ वर्षीय जगतकुमार कुशवाहा रहेका छन्।
सोमबार प्रहरी चौकी गण्डकबाट खटिएको टोलीले सवारी चेकजाँच गर्ने क्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डकचोकस्थित सडक खण्डबाट उनलाई नियन्त्रणमा लिएको हो ।
शंकास्पद अवस्थामा हिंडिरहेका उनलाई रोकी चेकजाँच गर्ने क्रममा निजले बोकेको झोला भित्र लुकाइछिपाइ ल्याएको नुर्फिन, डाइजीपाम र फेनारगन ३ सय एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए ।
पक्राउ परेका उनीमाथि लागूऔषध बारे आवश्यक अनुसन्धान भइरहेको उनले बताए।