रौतहट २२ माघ ।
रौतहटको फतुवा बिजयपुर नगरपालिका स्थित सहिद मनरुप महतो स्मृति भवन तथा पार्क निर्माण भएको छ ।
नेकपा माओवादीको रौतहटको प्रथम सहिद महतोको नामले फतुवा बिजयपुर ९ मा स्मृति भवन तथा वडा ११ भैंसही स्थित स्मृति पार्क निर्माण गरिएको हो ।
तत्कालीन सशस्त्र जनयुद्धको क्रममा फतुवा बिजयपुर ११ भैंसहिका माओवादी कार्यकर्ता मनरुप महतो रौतहटका पहिलो सहिद हुन ।
महतोको मकवानपुर र सिन्धुलीको सिमानामा रहेको तोरिबारिमा २०५७ साल भदौ ५ गते आफैले बम बनाएर चेकगर्ने क्रममा पड्किएर मृत्यु भएको नेता त्रिभुवन साहले जानकारी दिएका छन ।
तोरिबारी घटनामा महतोको मृत्यु भएको विभिन्न पत्रपत्रिका तथा संचार माध्यम बाट आफुले सुनेको उनकी श्रीमती कान्ति देवि महतोले जानकारी दिईन
जनयुद्धको क्रममा रौतहटमा १सय ८४ जना माओवादी कार्यकर्ताको मृत्यु भएको तथा १० जना कार्यकर्ता लाई सुरक्षाकर्मिले बेपत्ता बनाएको माओवादी केन्द्रिय सदस्य समीर भट्टराईले बताएका छन ।
पुर्व मन्त्री प्रभु साहको सल्लाह अनुसार प्रथम सहिद मनरुप महतोको सम्मान र सम्झनाको लागि फतुवा बिजयपुर ९ बजार नजिकै सहिद स्मृति भवन र वडा ११ मा सहिद स्मृति पार्क निर्माण भएको वडा १ का अध्यक्ष संजय साहले बताएका छन ।
जनयुद्ध दिवसको अवसरमा अगामी फागुन १ गते पुर्व मन्त्री तथा एमाले स्थायी कमिटी सदस्य प्रभु साहले स्मृति भवन र पार्कको उदघाटन गर्ने कार्यक्रम रहेको उपमेयर कान्ति देवि महतोले जानकारी दिईन ।