Thursday, January 30, 2025

यथास्थितिमा एमसीसी स्वीकार गर्न सकिदैन : माधवकुमार नेपाल

पछिल्लाे समाचार


पर्सा , २८ माघ //
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसीसीलाई स्वीकार गर्न नसकिने बताएका छन् ।
शुक्रबार वीरगन्जमा समाजवादी प्रेस संगठनद्वारा आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

उनले एमसीसीबारे राजनीतिक दल मात्र नभई नेपाली नागरिकबीच पनि एकमत हुन नसकेको उल्लेख गर्दै यसलाई अहिलेकै अवस्थामा अनुमोदन गर्न नसकिने समेत बताएका छन् ।

उनले भने, ‘एमसीसीको बारेमा नेपाली जनता र राजनीतिक दल विभाजित छन्। कतिपय कुरा मिलाउनुपर्ने छ । तर जनमत एमसीसीको विरुद्धमा छ। जनमतलाई पनि कसरी आश्वस्त बनाउन सकिन्छ, यो पनि एउटा ठूलो चुनौती छ।’

अध्यक्ष नेपालले एमसीसीबारे अझै राम्रोसँग अध्ययन र छलफल आवश्यक भएको बताए।

प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी संसदबाट पारित गरेरै छाड्ने पक्षमा छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु