पर्सा , १३ फागुन //
भारतबाट भन्सार छली गरेर ल्याएको चकलेट तथा विस्कुट लोड भएको कन्टेनर सहित एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कन्टेनर चालक भारतको औरैया जिल्ला तैसिल यूपीका २९ वर्षीय सुनिल कुमार रहेका छन्।
बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरीको टोलीले बुधवार राति वीरगञ्ज महानगरपालिका–१६ गणेशटोल स्थित सडकखण्डमा भारतीय नम्बरको मालवाहक कन्टेनरलाई जाँच गर्ने क्रममा भन्सार छली गरी ल्याइएका विभिन्न किसिमका चक्लेट तथा विस्कुटहरू बरामद भएको पर्सा प्रहरीले जनाएको छ।
बरामद चकलेट ,विस्कुट तथा कन्टेनरलाई ५५ लाख मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको र पक्राउ परेका सुनिल्मथी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।