Thursday, January 23, 2025

बारामा प्रहरीको गोली लागेर एक गाँजा तस्करको मृत्यु

पछिल्लाे समाचार


बारा , १२ फागुन //
बारामा प्रहरीको गोली लागेर एक गाँजा तस्करको मृत्यु भएको छ । नेपालबाट भारततर्फ ५ पोकामा ७५ किलो गाँजा लैजाने क्रममा झडप हुँदा गोली लागेर नाम नखुलेको एक भारतीय नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार राति करिब साढे १ बजेको समयमा गाँजा तस्करी हुन लागेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सिम्रौनगढ नगरपालिका २ महुयाहीमा सात-आठ जना तस्करले एक राउन्ड गोली चलाएपछि जवाफी कारबाही गर्दै प्रहरीले चलाएको गोली लागेर उनको मृत्यु भएको हो ।

प्रहरीको गोली लागेर गम्भीर घाइते भएको उनलाई उपचारका लागि कलैया अस्पतालमा ल्याएपनि उपचारकै क्रममा मृतयु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि प्रदेशिक अस्पतालमा राखिएको छ ।

प्रहरीले गोली चालएपछि गाँजा छाडेर भाग्न सफल भएपनि भारत विहार मोतिहारी जिल्ला ग्राम पञ्चायत पिप्रा निवासी ४० वर्षीय हृदेश गिरी पक्राउ परेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु