सर्लाही , १० फागुन //
सर्लाहीको लालबन्दी नगरपालिका–१७, रानिगन्जमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ , भने अर्का एकजना घाइते भएका छन् ।
मृत्यु हुनेमा हरिवन नगरपालिका १० का २२ वर्षीय निरज उप्रेती रहेका छन्।
सोमवार दिउँसो ३ बजेतिर फुलजोरतर्फबाट आइरहेको प्रदेश २–०३–००६ प १२० नम्वरको मोटरसाइकललाई नारायणघाटबाट विराटनगरका लागि छुटेको ना ५ ख १५६१ नम्वरको बसले रानिगन्ज चोकैमा ठक्कर दिँदा मोटरसाइकल चालक उप्रेती घम्भिर घाइते भएका थिए।
घाइते भएका उनलाई रानिगन्जमा सामान्य उपचारपश्चात थप उपचारका लागि गण्डक अस्पताल वीरगन्ज पुर्याइएकोमा साँझ सवा ६ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल पछाडि सवार लालबन्दी नगरपालिका–७, बस्ने २२ वर्षीया लक्ष्मी विकको भने गण्डक अस्पतालमै उपचार भइरहेको छ ।
दुर्घटनामा संलग्न बस र त्यसका चालकलाई नियन्त्रणमा लिइएको लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए।