Monday, January 27, 2025

बन कार्यालय र स्थानिय प्रशासनको मिलेमत्तो मा चुरेक्षेत्रको ढुङ्गा तस्करी भयो : मेयर चौधरी चन्द्रपुर

पछिल्लाे समाचार

रौतहट २७ माघ / गैडाटार स्थित चुरेक्षेत्रका खोला बाट ढुङ्गा निकासी भएपनि नियमनकारी निकाय मौन देखिएको छ ।
रौतहट जिल्लाको चुरे क्षेत्रमा रहेको चादी, हिले र सुतनी खोलाबाट टेक्टरमा ढुंगा संकलन गरेर गैडाटारमा ठूलो परिमाणमा संकलन गरीएको छ ।
गैडाटारमा करीव एकलाख घनमिटर ढुङ्गा अवैधरुपमा संकलन गरी गैडाटार नजिकै राखिएको छ ।
चुरे आसपासका खोलाहरुमा ढुङ्गा संकलन गर्न कुनै निकायले अनुमती दिएको छैन । गत बर्ष चांदिनदी मा नगरपालिकाले वातावरणिय प्रभाव मुल्याकन गर्न खोज्दा केही व्यक्तिहरुले अवरोध गरेकाे बताईएको छ ।
चन्द्रपुर नपाका मेयर रामचन्द्र चौधरीले कानुन भन्दा माथी केहिव्यक्तिले ढुङ्गा संकलन गरेको बताएका छन ।
नगरपालिकाले ढुङ्गा उठाउन कुनै अनुमती दिएको छैन मेयर चौधरीले भने ।
चन्द्रपुरका मेयर चौधरी भन्छन , ´चुरेको ढुङ्गा कानुनी घेरा भन्दा बाहिर गएर उठाइएको छ ,बन कार्यालय र प्रहरी प्रशासनको मिलेमत्तो तस्करी भैरहेको छ ।`
चन्द्रपुर नपा ३ चादीनदी किनारमा ढुङ्गा संकलन गरेर राखिएको छ । सो ढुङ्गाको बिषयमा नगरपालिका , बन कार्यालय , स्थानिय प्रशासनले एक ले अर्को निकायको कमजोरी भन्दै पन्छिने गरेका छन ।
डिभिजन बन कार्यालय रौतहटका प्रमुख अमरदेव यादवले नियम बिपरीत संकलन गरेको भन्दै स्टक गरेको ढुङ्गा रोकेको तर नगरपालिका ले यस बिषयमा कदम चाल्नु पर्ने बताए ।
राजमार्ग दक्षिण मा ढुङ्गा नपाइने हुँदा चुरे क्षेत्रबाट नै निकाल्नु परेको टेक्टर व्यवसायी तथा ढुङ्गा व्यवसायीहरुले बताउदै आएका छन ।
चुरे संरक्षण कार्यक्रम संचालन रहेको क्षेत्र हिलेखोला, गैंडाटार र जुडीबेला बाट ढुङ्गा निकासी भएको हो ।
चन्द्रपुर ३ गैडाटार का वडा अध्यक्ष बोधनाथ देवकोटाले ढुङ्गा संकलन गरेको बिषयमा वडा कार्यालय लाई जानकारी नभएको बताए ।
गत आर्थिक बर्षमा नगरपालिका ले अमानत मा २ सय ६५ वटा पुर्जी काटेको त्यस बाहेक के कसरी अहिले त्यति धेरै परिमाणमा ढुङ्गा संकलन भएको हो आफुलाइ जानकारी नभएको वडा अध्यक्ष देवकोटा बताउछन ।
रौतहटमा २०६७ सालदेखि चुरे संरक्षणका लागि विभिन्न कार्यक्रमहरु संचालनमा छन । चुरे संरक्षण को नाममा बर्सेनि करोडौ रकम विभिन्न योजना बनाएर खर्च गरेपनि प्रभावकारी काम हुन नसकेको गुनासो बढेको छ ।
चुरे क्षेत्रको ढुंगा निकासी नियन्त्रण गर्न पटक पटक आवाज उठेपनि जिल्ला प्रशासन कार्यालय, डिभिजन बन कार्यालय,जिल्ला समन्वय समिती रौतहट तथा चन्द्रपुर नगरपालिकाले ठोस कदम नचालेको स्थानियको गुनासो छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु