Monday, January 27, 2025

फागुन १ गते देखि १८ वर्षमाथिका सबै नागरिकलाई बुस्टर डोज दिने

पछिल्लाे समाचार


रौतहट , २८ माघ //
सरकारले १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना विरुद्वको बुस्टर डोज दिने भएको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले फागुन १ गते (आइतबार)देखि १ देखि १८ वर्षमाथिका सबै नागरिकलाई बुस्टर डोज दिने जानकारी दिए।
बिहीबार बसेको खोप सल्लाहकार समितिको निर्णय अनुसार १८ वर्ष उमेर पुगेका सबै नागरिक र दोस्रो डोज लगाएको ६ महिना पुगेकोलाई बुस्टर डोज लगाउन दिने निर्णय भएको हो ।

सुरूवातमा फ्रन्टलाइनर्सलाई लक्षित गरेको भन्दै फागुन १ देखि भने खोप केन्द्रमा गएर सबैले बुस्टर डोज लगाउन सक्ने उनले बताए । त्यसको लागि खोप कार्ड अनिवार्य देखाउनुपर्ने खतिवडाले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु