सर्लाही , १ फागुन //
सर्लाहीबाट प्रतिबन्धित लागुऔषध नाईट्राेभेट ट्याब्लेट सहित २ युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लालबन्दी नगरपालिका-६ निवासी २३ वर्षीय दिपेश विक र १९ वर्षीय सन्तोष बम्जन रहेका छन्।
शनिबार दिउँसाे जिल्ला प्रहरी कार्यालय मलंगवाकाे टाेलीले भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेका उनीहरुलाई संकास्पद अवस्थामा चेक जांच गर्दा विककाे साथबाट १० पता र बम्जनको साथबाट साँढे नौ पता नाईट्राेभेट बरामद भएकाे जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी प्रवक्ता माधव प्रसाद बुढाथाेकीले जानकारी दिए ।
पक्राउ परेका दुवैजना माथि लागूऔषध नियन्त्रण ऐन अनुसार कारवाही प्रकृया अगाडि बढाईएकाे उनले जानकारी दिए ।