सिरहा , २० माघ //
सिरहाबाट जनमत पार्टीका १३ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
डा. सीके राउत नेतृत्वको जनमत पार्टीले जिल्लामा तेलको ट्याङ्करमा तोडफोड गरेपछि उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको।
मिर्चैयाबाट विराटनगरतर्फ जाँदै गरेको ना.४.ख १७९८ नम्बरको तेल टयाङ्करमा जनमतका कार्यकर्ताहरुले तोडफोड गरेका छन् ।
नरहा गाउँपालिका–३ नयाँ चोहर्वामा मिर्चैयाबाट विराटनगरतर्फ जाँदै गरेको ना.४.ख १७९८ नम्बरको तेल टयाङ्करमा जनमतका कार्यकर्ताहरुले तोडफोड गरेका छन् ।
तोडफोड़ गरेर भाग्ने क्रममा जनमतका कार्यकर्ता र प्रहरीबीच सामान्य झडप हुँदा एक प्रहरी हवल्दार सामान्य घाइते भएको सिरहा प्रहरीले जनाएका छन् ।
जनमत पार्टीले पूर्व निर्धारित कार्यक्रम अनुसार किसान आन्दोलनको क्रममा आज राजमार्ग बन्द गरेका छन् ।