सिरहा , ११ फागुन //
सिरहाबाट चादीको तयारी गहना सहित एक भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मधुवनी बिहार राजनगर वडा नम्बर १२ आमदा बस्ने ३८ बर्षिय रंजित राय रहेका छन् ।
भारतबाट तयारी चादीको गहना नेपाल भित्रिरहेको बिशेष सुचनाको अधारमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनी र सशस्त्र प्रहरी बल नेपाल ७ नम्बर गणबाट खटिएको प्रहरी टोलीले सिरहाको लहान नगरपालिका वडा नम्बर ७ दुर्गा मन्दिर नजिकैबाट ३ किलोग्राम तयारी चादीको गहना सहित उनलाई नियन्त्रणमा लिएको हो।
बरामद गरिएको तयारी चादीको गहना सहित भारतीय नागरिक रायलाई अवाश्यक कारवाहीको लागी जिल्लाको माडर भन्सारमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।