Thursday, January 23, 2025

चन्द्रपुर ५ मा एमालेको टोल कमिटी गठन

पछिल्लाे समाचार

रौतहट १ फागुन /चन्द्रपुर ५ राजपेडामा नेकपा एमाले टोल कमिटि गठन
नेकपा एमाले चन्द्रपुर नगरपालिका वडा नम्बर राजपेडा टोलमा बिरेन्द्र चौधरीको अध्यक्षता टोल कमिटि गठन भएको छ ।
सो टोल कमिटिको उपाध्यक्षमा सविना वि.क. , सचिवमा संजय वि.क. रहेका चन्द्रपुर वडा नम्बर ५ वडा कमिटि सचिव नविन बरालले जानकारी दिनुभयो । त्यसैगरी सदस्यहरुमा कृष्ण चौधरी, रामजी साह, रामपृत माझी , कैलासी देवी साह, महेश कुमार कछरिया, सृर्य धामी, राजकुमार कुवर, कुलदिप चौधरी, किशोर चौधरी, कमलि धामी, रविता ठाकुर लगायका रहनुभएका सचिव बरालले बताउनुभयो । नवनिर्वाचित टोल कमिटिका पदाधिकारीहरुलाई नेकपा एमाले रौतहटका जिल्ला सचिव बाल बिक्रम कार्कीले पद तथा गोपनियताको सपथ गराउनुभएको थियो । सो अवसरमा बोल्दै सचिव कार्कीले राजपेडा चन्द्रपुर नगरपालिकामा रहेपनि आर्थिक सामाजिक विकासमा पछाडि परेको भन्दै वडा देखि नगरमा नेकपा एमालेको सरकार आए सो टोलमा विकासको लहर आउने दावी गर्नुभयो । उहाँले विकासको सोच र योजना केवल एमालेसँग मात्र भएको भन्दै एमालेमय बनाउन टोल कमिटि दत्तचित्त भएर लाग्नुुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय सदस्य उद्धव रेग्मीले अरु पार्टीका नेता कार्यकर्ताहरुले राजपेडामा भोट माग्नै पर्दैन् चुनावको अघिल्लो दिन मासुभात र पैसा दिएर किन्ने हो भन्ने गरेको स्मरण गर्दै यसपाली मतदान गर्ने बेला सचेत हुन राजपेडावासीलाई आग्रह गर्नुभयो । देशैभर लगायत चन्द्रपुर नगरपालिकामा रहेका भूमिहिनलाई जग्गा दिन तयारी अवस्थामा रहेको बेला गठबन्धन सरकारले भूमि आयोग खारेज गरेको भन्दै भूमिहिन र सुकुम्वासीको पार्टी नेकपा एमालेनै रहेको दावी गर्नुभयो । नवगठित टोल कमिटिका अध्यक्ष चौधरीले राजपेडालाई अब एमालेमय बनाउन आफुहरु लागिपर्ने प्रतिवद्धता व्यक्त गर्दै हालका जनप्रतिनिधिहरुले राजपेडालाई विकासमा पछाडि पारेको गुनासो गर्नुभयो । सो कार्यक्रममा मधेश प्रदेश कमिटि उपसचिव आरती भण्डारी, मदेश प्रदेश कमिटि सदस्य खड्ग बहादुर बोम्जन , चन्द्रपुर नगर कमिटि अध्यक्ष शिव आर्चाय, क्रममा नेकपा एमालेका जिल्ला कमिटि सदस्यहरु टिका घिमिरे , लोकनाथ पहाडी , जिफन्टका केन्द्रिय सदस्य वलिराम सहनी, चन्द्रपुर नगर कमिटि उपाध्यक्ष राजेन्द्र तिवारी लगायतका नेता, कार्यकर्ताको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु