रौतहट , २४ माघ //
रौतहटको गरुडा नगरपालिका वडा न.५–महम्मदपुर गाउँमा जाने मुख्यप्रवेश द्वारको शिलान्यास गरिएको छ।
सोमबार गरुडाका नगर प्रमुख ईन्नु राय यादवले एक कार्यक्रमका बिच मुल मुख्य प्रवेशद्वार निर्माणको लागि बिधिवत् रूपमा शिलान्यास गरेका हुन्।
नगरपालिकाको कोषबाट निर्माण हुन गइरहेको ८ लाखको लागतमा सो प्रवेश द्वार बन्ने उपभोक्ता समितिको अध्यक्ष रामबालक प्रसाद यादवले जानकारी दिए। करिब २ महिना भित्र कार्य सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए ।
महम्मदपुर गाउँमा जाने मुख्यप्रवेश द्वार बनेपछि गाउँको मुहार समेत फेरिने र गाउँमा बाहिरबाट आउने मानिसहरु लाई गाउँभित्र छिर्न सजिलो पर्ने मेयर यादवले जिकिर गरे।
सो अवसरमा वडा नम्बर ५ का वडाध्यक्ष जयमंगल राय यादव, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु राय यादव, लेखा प्रमुख कुमार ठाकुर, प्रशासन प्रमुख धिरेन्द्र यादव लगायतका भद्र भलादमी बुद्धिजीवी नेता तथा कार्यकर्ताहरु, समाजसेवी लगाएत युवाहरुको उपस्थिति रहेको थियो।