धनुषा , २५ माघ //
धनुषामा खाना पकाउने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका ९ ईच्छापुरकी एक ८० वर्षीया वृद्धा मटरीदेवी पण्डित रहेकी छिन्।
सोमबार राति खाना पकाउने क्रममा साडीमा आगो सल्किएपछि जलेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
आगोले जलेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याएपनि उपचारकै क्रममा मृत्यु भएको धनुषा प्रहरीले जानकारी दिएको छ ।