महोतरी , १० फागुन //
महोतरी क्षेत्र नं. ३ मा नेपाली काग्रेसका नेता रामचन्द्र तिवारी पक्ष पाचौ पटक क्षेत्रिय सभापतिमा विजयी भएका छन् ।
पार्टीमा आपनाे दबदवा कायम राख्दै तिवारीले क्षेत्रिय सभापतिमा आफु निकटका राघवेन्द्र झालाई तेश्रो पटक सभापतिमा निर्वाचित गराउन सफल भएका हुन् ।
सोमबार साझ सार्वजनिक मत परिणाम अनुसार ५३४ मत खसेकोमा तिवारीले सर्वाधिक ३३७ मत प्राप्त गरेका छन । काग्रेसको महोतरी क्षेत्र नं. ३ को सभापतिमा राघबेन्द्र झा निर्वाचित भएका हुन् ।
यस अघि विवादका कारण निर्वाचण परिणाम रद्ध भएको महोतरीमा आइतबार भएको अधिवेशनबाट लवराज सिंहलाई पराजित गर्दै रावेन्द्र झा निर्वाचित भएका हुन्। निर्वाचित झाले ३०९ मत प्राप्त गरे भने पराजित सिंहले २१६ मत प्राप्त गरे ।