सर्लाही , १२ फागुन //
भारतबाट भन्सार छलि नेपाल भित्राउँदै गरेको खाद्यान्न सामग्री सशस्त्र प्रहरीले बरामद गरेको छ ।
मंगलबार राति मलंगवा–नवलपुर सडक खण्डको गमरियाबाट सशस्त्र प्रहरी बल नं १० गण सर्लाही तथा मातहत बिओपीबाट खटिएको प्रहरी टोलीले सवारी जाँच गर्ने क्रममा उक्त सामग्रीहरु बरामद गरेको हो ।
विशेष सुचनाको आधारमा सवारी जाँचमा खटिएको प्रहरी टोलीले ना ८ ख १४१८ नम्बरको महिन्द्र पिकअप भ्यानमा चेकजाँच गर्दा व्यवसायीक प्रयोजनका लागि प्याजको २० बोरा भित्र लुकाई छिपाई ल्याउदैँ गरिएको १०० बोरा चिनी, ५ कार्टुन रेडबुल र ४ कार्टुन आँपको जुस बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
६० बोरा प्याजको बिल काटिएको भएपनि भ्यानमा २० बोरा मात्रै प्याज प्रहरीले फेला पारेको जनाइएको छ । बरामद्सा मानको २ लाख ८८ हजार र गाडीको १५ लाख भन्सार मूल्य कायम गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
एउटा सामानको बढी परिमाणको बिल बनाई अर्कै सामान ल्याउदैँ गरेको पिकअप भ्यान र बरामद् सामानलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि मलंगवा भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरीका डिएसपी दिपेन्द्र थापाले बताए।