सप्तरी , १२ फागुन //
ब्राउन सुगरसहित सप्तरीबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा उदयपुरको त्रियुगा नगरपालिका–१३ लक्ष्मीपुरका २६ वर्षीय सुमित चौधरी र चौदण्डी नगरपालिका–८ हडियाका ३४ वर्षीय विद्यानन्द चौधरी रहेका छन्।
जिल्लाको सप्तकोसी नगरपालिका–२ सखुवनीस्थित कञ्चनपुर फत्तेपुर आवतजावत गर्ने सडकखण्डबाट कञ्चनपुरबाट फत्तेपुरतर्फ आउँदै गरेको प्रदेश १–०५–००१ प ४५९३ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा तिनीहरुको साथबाट लागुऔषध ब्राउन सुगर ६ ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भैइरहेको उनले बताए।