Friday, January 24, 2025

बरामद सवारीसाधनहरु लिलाम नहुँदा कबाड बन्दै

पछिल्लाे समाचार


रौतहट २० माघ //
सुरक्षा निकायले बरामदगरेको साना तथा ठूला सवारीसाधनहरु समयमा नै लिलाम हुन सकेको छैन । बरामद गरी भन्सार लाई बुझाएको चौकी परिसरमा ६ सय भन्दा बढी मोटरसाइकल छन् ।


रौतहटका विभिन्न स्थानवाट चोरी, तस्करी र अबैध सामान ओसारपसारमा प्रयोग भएका सवारीसाधन बरामद गरी भन्सारमा बुझाए पनि लिलान हुन सकेको छैन ।
वर्षाका बेला पानीमा गाडी डुब्दा धेरै गाडीका पार्टपुजा खिया लागेर कामै नलाग्ने भएका छन् । कतिपय सवारीसाधन अहिले कबाड मा बेच्नु पर्ने अवस्थामा छ।
भन्सारले समयमै लिलामी प्रक्रिया अगाडि नबढाइदिदा करोडौंको मुल्य पर्ने सवारीसाधनहरू कबाड बन्दै गएको हो । यहाँ दुईपांग्रे र चारपांग्रे गरी ८ सय ६५ वटा सवारीसाधन थन्किएको छ।


गौर भन्सार कार्यालयका सुचना अधिकारी अभिजितकुमार सिंहले लिलाम प्रक्रियाको कुनै सुरसार नरहेको बताए ।
भन्सार कार्यालयका अनुसार सवारीको उत्पादन वर्ष पत्ता लगाउन सम्बन्धित एजेन्सीलाई लेखेर पठाउनुपर्छ । त्यहाँबाट खुलेर आएपछि, भन्सार विभागको प्राविधिक इन्जिनियरको टोलीले मूल्यांकन गर्ने प्रकृया रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु