Friday, January 24, 2025

नुनथरमा सहिद लखन थापाको सालिक निर्माण

पछिल्लाे समाचार

रौतहट १५ फागुन / चन्द्रपुर नगरपालिका वार्ड नं. १ नुनथरमा निर्माण भएको प्रथम सहिद लखन थापा को सालिक आइतवार अनावरण गरिएको छ ।
पर्यटकीय क्षेत्र नुनथरमा निर्माण गरिएको सालिकको मगर एकता दिवसको बिशेष सन्दर्भ पारेर मधेस प्रदेशका उधोग पर्यटन तथा बन मन्त्रि शत्रुघन महतोले अनावरण गरेका छन ।
सो कार्यक्रममा मन्त्री महतोले पर्यटकिय महत्व बोकेको नुनथर क्षेत्रको बिकाशमा आफु क्रियाशिल रहने प्रतिद्घता व्यक्त गरेका छन ।
प्रदेशको गहनाको रुपमा रहेको नुनथर क्षेत्र आफैमा पौराणिक, ऐतिहासिक र किबंदन्ती संग जोडिएकोले पनि यस्को महत्व
रहेको उनले बताएका छन ।
मधेश प्रदेश को पर्यटकीय गन्तब्य मध्य एक आर्कषण केन्द्र बिन्दुको रुपमा स्थापित गर्न आफु हरदम तयार रहेको मन्त्रि महतो ले बताए ।
सो कार्यक्रका बिशिष्ठ अतिथि तथा संबिधान सभा सदस्य रामकुमार भट्टराईले संभावना नै संम्भावना बोकेको नुनथर क्षेत्रमा पुर्वधार बिकास लगाएत यहा पाईने जडिबुटीको अनुशन्धान गर्न स्थानिय तह,प्रदेश र संघिय बाट सहयोग हुनु पर्ने बताए ।
स्वागत मन्तब्य राख्दै चन्द्रपुर न पा वार्ड नं १ का अध्यक्ष बिरु रखालले नुनथर क्षेत्र बिकासको लागी आफु हरदम तयार रहेको बताए ।
नुनथर क्षेत्र बिकासको लागी आफ्नो दायीत्व पुरा गर्न कुनै कसर बाकी नरहेको रखालको भनाइ छ ।
स्थानिय तहले आफ्नो दायीत्व पुरा गरे पनी प्रदेश र संघिय सरकार नुनथर क्षेत्र को स्वरुप परीर्वतन गर्न चुकेको बारे अध्यक्ष रखालले दुखेसो गरे ।
यस्तै कार्यक्रमलाई संम्बोधन गर्दै रौतहटका बरिष्ठ संचारकर्मी संजय कार्कीले नुनथर क्षेत्रमा भएको सकारात्मक पक्षलाई औल्याउदै प्रथम सहिद लखन थापाको सालिका अनावरण हुनुले पर्यटकीय क्षेत्रमा थप टेवा पुग्ने बताए ।
होम बहादुर तुम्सिङको सभाध्क्षतामा कार्यक्रम समापन भएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु