रौतहट १५ फागुन / चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था चन्द्रपुर-४ को १४औं स्थापना दिवस संस्थाको आफ्नै भवनमा एक समारोह बिच सम्पन्न भएको छ ।
संस्थाको अध्यक्ष प्रकाश सुनुवारको सभा अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा रौतहट क्षेत्रनं.४का प्रदेश सासद धनलाल ठोकर रहेका छन ।
बिशिष्ठ अतिथिको रुपमा जिल्ला बचत संघ रौतहटका महासचिव तथा नब बिकास साकोसका अध्यक्ष देब बहादुर सापकोटा,राष्टिय सहकारी बैक चन्द्रपुर शाखाका प्रबन्धक रुपा थापा,चन्द्रपुर अस्पताल प्रालिका प्रमुख डा.सुवास चौधरी तथा समता स्कुल चन्द्रपुरका प्र.अ. आरति गजमेर रहेका थिए ।
कार्यक्रममा संस्थाका पदाधिकारी, कर्मचारी तथा सेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।
संस्थाको स्थापना दिवसमा पानसमा दिप प्रज्वोलन गरि,केक काटि १४ थान मैनबति बालेर मनाइएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि सासद ठोकरले संस्थाले दिने आर्थिक सेवा देखि सामाजिक क्रियाकलापको बारेमा प्रसंशा गर्दै संस्थाको सेयर सदस्य आफुपनी बन्ने घोषणा गरेका छन ।
बिशिष्ठ अतिथी डा.सुवास चौधरीले चन्द्रोदयले गरेको मानबिय कार्य अन्तर्गत रगत बिना अकालमा कसैको पनि ज्यान नजावोस भन्ने उदेश्य बोकेर गरेको आकस्मिक रक्तदानको कार्यलाई सम्मान गर्नपर्ने बताए ।
संस्थाले प्रत्येक बर्ष आफ्नो स्थापन दिवसको दिन पारेर सामाजिक कार्यमा कार्य गर्दै आइरहेकोमा १४औ स्थापना दिवसको उपलक्ष्यमा चन्द्रपुर-४ मा निर्माणाधीन भवन समता स्कुलको लागि १ सय १ बोरा सिमेन्ट दिने घोषणा गरिएको छ ।
बिगत लामो समयदेखि कार्यरत ५ जना कर्मचारीहरु लाई सम्मान गरि प्रसंशापत्र बितरण गरिएको थियो।
स्वागत मन्तव्य संस्थाका सल्लाहकार समिति संयोजक कालिन्दी कुमार घिमिरेले र र कार्यक्रमको संचालन संस्थाका उपाध्यक्ष बसन्त आचार्यले गरेका छन ।