Thursday, January 23, 2025

चन्द्रपुरमा एउटै टोलका एकसय ५० जना एमालेमा प्रवेश

पछिल्लाे समाचार

रौतहट २९ माघ / चन्द्रपुर नगरपालिका एकसय ५० जना विभिन्न पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्रकी नेतृ बाल कुमारी चौधरीको नेतृत्वमा वडा नम्बर ५ को राजपेडा टोलका वासिन्दा माओवादी केन्द्र, नेपाली काँग्रेस, राप्रपा लगायतका अन्य पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेको नेकपा एमाले चन्द्रपुर ५ वार्ड कमिटि सचिव नविन बरालले जानकारी दिए । नवप्रवेशीहरुलाई नेकपा एमालेका केन्द्रिय सदस्य उद्धव रेग्मी, मधेश प्रदेश कमिटि उपसचिव आरती भण्डारी , मदेश प्रदेश कमिटि सदस्य खड्ग बहादुर बोम्जन , रौतहट जिल्ला सचिव बाल बिक्रम कार्की , चन्द्रपुर नगर कमिटि अध्यक्ष शिव आर्चाय लगायतले अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए । नवप्रवेशी नेतृ चौधरीले दलित, गरिब, उत्पिडित र पछाडि परेका वर्गको उत्थानको गर्न नेकपा एमालेले मात्र सक्ने भन्दै आफुहरु एमालेमा प्रवेश गरेको बताइन् ।
पार्टीका केन्द्रिय सदस्य उद्धव रेग्मीले एमालेको अगुवाइमा देश र जनताको समृद्धि असम्भव रहेको जनाउँदै एमाले प्रति विश्वास गरेर देशैभर एमालेमा प्रवेश गर्नेको लहर चलेको दावी गरे ।
केपि ओली नेतृत्वको सरकारले जनहित र राष्ट्रहितको काम गरेकाले प्रतिगामी तत्वहरु मिलेर षड्यन्त्रपूर्वक सरकार ढालेको जिकिर गर्दै उनले अबको निर्वाचनमा तीनै तहमा एमालेको सरकार बन्ने वातावरण बनिसकेको यसलाई रोक्न कसैले नसक्ने ठोकुवा गरे ।
चन्द्रपुर ५ नगर कमिटि उपाध्यक्ष रोशन रामको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटि सदस्यहरु टिका घिमिरे , लोकनाथ पहाडी , जिफन्टका केन्द्रिय सदस्य वलिराम सहनी, चन्द्रपुर नगर कमिटि उपाध्यक्ष राजेन्द्र तिवारी लगायतका नेता, कार्यकर्ताको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु