Friday, January 24, 2025

कोरोनाका कारण बन्द भएका विद्यालयहरु फागुन १ गते देखि खुल्ने

पछिल्लाे समाचार


रौतहट , २४ माघ //
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेसँगै बन्द भएका विद्यालयहरु फागुन १ गते देखि खुल्ने भएको छ।
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को सिफारिस अनुसार उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरको प्रशासन कार्यालयले आइतबार मध्यराति सवारी साधानमा जोर बिजोर हटाउने निर्णय गरेको हो ।
विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीको हकमा नियमित कक्षा सञ्चालन गर्न सकिने भएपनि १२ वर्ष पूरा नभएको विद्यार्थीको हकमा विद्यार्थी संख्या समेत विचार गरी सम्बन्धित स्थानीय तहसँग समन्वय गर्न भनिएको छ।
विद्यालय व्यवस्थापनले आलोपालो वा सिफ्टमा कक्षा सञ्चालनको व्यवस्था मिलाउन प्रशासनको आदेश छ।यस्तै सबै प्रकारका परीक्षाहरु जेड आकारमा सिट राखेर सञ्चालन गर्न सकिने आदेशमा उल्लेख छ।

यस्तै डान्सबार लगायतका रात्रिकालीन व्यवसाय, स्वीमिङ, जिमखाना, फुटसल, सिनेमा लगायत पनि फागुन १ गतेबाट खोल्न प्रशासनले अनुमति दिएको हो ।यधपी प्रशासनले आमसभा, जुलुस, सभा, भेला, मेला, सम्मेलन, जात्रा, महोत्सव, पटके हाटबजारमा भने प्रतिवन्ध कायम राखेको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु