सप्तरी , १२ फागुन //
सप्तरीमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढाका स्थानीय ४२ वर्षीय महादेव साह रहेका छन्।
गएराती घर नजिककै रहेको पोखरीबाट मोटर जडान गरी नयाँ घरमा पानी पठाउने क्रममा अचानक उनलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर घाइते भएका उनलाई तत्कालै उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले बताए ।