Thursday, January 23, 2025

आज देखि सञ्चालनमा आयो नेपाल रेल्वे

पछिल्लाे समाचार


जनकपुरधाम , १ फागुन //
आजदेखि जयनगर-कुर्था रेलमार्गमा रेल संचालन भएको छ ।अहिले यात्रु विनानै सञ्चालन गर्ने नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।
उनका अनुसार आइतबारदेखि उद्घाटन नभएसम्म नियमित ‘ड्रायरन’ गर्न लागिएको हो ।औपचारिक रूपमा रेल उद्घाटन गरेपछि मात्रै यात्रु बोक्न थालिने झाले जानकारी दिए ।

भारतीय कम्पनी कोंकणसँग नेपाल सरकारले ८६ करोड रुपैयाँमा खरिद गरिएको दुई सेट रेल जनकपुरदेखि जयनगरसम्म रेल चलाउन लागिएको हो ।

अहिले सर्वसाधारणलाई सचेतनाका लागि रेल चलाउन लागिएको जनाइएको छ । दिनमा एक पटक रेल चलाउने तयारी रहेको छ । अहिले प्रत्येक स्टेशनमा इन्टरनेट, टेलिफोन, सञ्चार सुविधालगायतका व्यवस्थापन भइरहेको झाले बताए ।

आजदेखि लिकमा हाटबजार र आवतजावतमा रोक लगाउनुका साथै पशु तथा छाडा चौपाया रोक्न पनि सम्बन्धित पालिकामार्फत निर्देशन दिइएको छ ।
अनुमति बिना रेलवे लिक क्रस गरी बनाइएको बाटो पनि बन्द गरिएको झाले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु