Thursday, January 23, 2025

सिमानाकामा एन्टीजेन परिक्षणको व्यवस्था गरिएको छ :सिडिओ शाही

पछिल्लाे समाचार


रौतहट , २ माघ //
रौतहटका सिडिओ कृष्ण बहादुर शाहीले नेपाल भारत सिमामा रहेका गौर नाकामा कोरोना संक्रमणको तेस्रो लहरको जोखिमलाइ मध्य नजर गर्दै आवश्यक सतर्कताको लागि एन्टीजेन परिक्षणको व्यवस्था गरिएको बताएका छन्।

बढ्दै गएको ओमिक्रोमको संक्रमणलाइ रोक्थाम तथा नियन्त्रणको लागि जनचेतना फैलाउने कार्य तथा सतर्कता अपनाउनको लागि प्रचार प्रसार गर्ने कार्य भैइरहेको शाहीले जानकारी दिए।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएका शाहीले भारतसंग जोडिएको मुख्य नाकामा हेल्प डेस्क स्थापना गरि परिक्षण गर्ने व्यवस्था गरिएको बताए ।

नाकामा बस्ने स्वास्थ्यकर्मीहरुले भारतबाट नेपाल आउनेलाइ एन्टीजेन परिक्षण गर्ने पोजेटिव देखेपछि एम्बुलेन्सको सहायताले गौर अस्पतालमा पठाउने र गम्भिर संक्रमित भए गौर अस्पतालमा भर्ना गर्ने सक्रिय अवस्था छ भने त्यहि अवस्थामा एम्बुलेन्सको मध्यम बाट सम्वन्धित ठाउमा पुर्याउने बताए ।

कोरोनाको तेस्रो लहर तिब्र रुपमा बढ्दै जादा यसबाट बाच्नको लागि भौतिक दुरी ,मास्कको प्रयोग र सेनिटाइजरको प्रयोग गर्न सुझाव दिदै प्रमुख जिल्ला अधिकारी शाहीले भिड भाडमा नजान आग्रह समेत गरे ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु