रौतहट , १९ पुष //
सिभिल बैंकको ११ औ वार्षिकउत्सव को अवसरमा छात्रवृत्ति वितरण गरिएको छ।
सिभिल बैंक चद्रपुर शाखाले आफ्नो वार्षिकउत्सवको अवसरमा श्री शुभलाल भागवत उच्च माध्यमिक स्कुल सन्तपुरमा कक्षा १० मा अध्ययनरत एक छात्रालाई छात्रवृत्ति प्रदान गरिएको हो।
प्रदेश न. २ प्रमुख बिश्वास राज अर्यालको उपस्थितिमा पांच हजार बराबरको छात्रवृत्ति उपलव्ध गराएको बैंकका चद्रपुर शाखा प्रमुख सुरज राज पौडेलले जानकारी दिए।
साथै सोहि अवसरमा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई बितिय साक्षरता कार्यक्रम अन्तर्गतबैंकिंग सम्बन्धि जानकारी गराएको उनले बताए।
बैंकले आगामी दिनमा पनि यस किसिमका कार्यहरु गरिरहने शाखा प्रमुख पौडेलले जानकारी दिए।