Monday, January 27, 2025

सर्लाहीमा २५ जना भन्दा बढी भेला हुन नपाईने

पछिल्लाे समाचार


सर्लाही , ३० पुष //
कोरोना भाईरसको नंया भेरीएन्ट ओमिक्रोनको संक्रमण बढ्दै गएपछी जिल्ला प्रशासन कार्यालय मलंगवाले १२ बुँदे आदेश जारी गरेको छ ।

विहिबार दिउँसो बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति सर्लाहीको निर्णय अनुसार विहिबार राती १२ बजेदेखि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि सो आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारि थानेश्वर गौतमले बताएका छन् ।

आदेश अनुसार घर बाहिर वा सार्वजनिक स्थलमा निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, साबुन पानीले हात धुने तथा राजनीतिक, आर्थिक, सामाजिक, व्यवसायिक तथा अन्य गतिविधि सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न भनिएको छ ।
सार्वजनिक ठाउँमा राजनीतिक तथा धेरै मानिस उपस्थित हुने गरी प्रशासनिक तथा सामाजिक कार्यक्रम नगर्न पनि सुचनामा उल्लेख गरिएको छ ।यस्तै अत्यावश्यक कार्यक्रमको हकमा प्रशासनको अनुमति लिएर मात्रै गर्ने तथा सार्वजनिक ठाउँमा २५ जनाभन्दा बढी मानिसको उपस्थिति हुनेगरी मेला कार्यक्रम नगर्न भनिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु