Thursday, January 23, 2025

सप्तरीमा एक कोरोना संक्रमितको मृत्यु

पछिल्लाे समाचार


सप्तरी , ४ माघ //
सप्तरीमा कोरोना संक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा जिल्लाको रूपनी गाउँपालिका वडा नं. १ की ७५ वर्षीया महिला रहेकी छिन। माघ १ गते ज्वरो आएपछि उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो ।

जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवका अनुसार पीसीआर परीक्षणका लागि २ गते स्वाब लिइएपछि ३ गते रिपोर्ट पोजेटिभ आएकै दिन उपचारको क्रममा मृत्यु भएको हो ।

महिलाले भ्याक्सिन लिएपनि लामो समयदेखि सुगर रोगबाट पीडित भएर इन्सुलिन लिँदै आएको निमित्त प्रमुख यादवले बताए

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु