महोत्तरी , ५ माघ //
महोत्तरीबाट अवैध लागुऔषध नाइट्रोभेट सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं. ६ का २५ वर्षीय सरोज विक र सिरहाको गोलबजार नगरपालिका वडा नं. ४ का २३ वर्षीय आकाश ठाकुर रहेका छन्।
बर्दिवास–सम्सी सडक खण्डअन्तर्गत औरही नगरपालिका वडा नं. ४ कठुधारबाट बा.४६प ६२७३ नम्वरको मोटरसाइकलको लेगार्डमा कालो प्लाष्टिकको झोलामा झुण्डयाएर ल्याइएको २ हजार ९ सय ८२ थान नाइट्राभेट–१० बरामद गरिएको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए।