Monday, January 27, 2025

रौतहटमा स्थानिय तहमा टिक्नै सक्दैनन प्रशासकिय अधिकृत

पछिल्लाे समाचार


रौतहट २६ पुस //
आफ्नो अनुकूल काम नगरेको भन्दै जनप्रतिनिधिहरुले प्रमुख प्रशासकीय अधिकृत फेर्ने क्रम रोकिएको छैन ।
कतिपय स्थानिय तहका जनप्रतिनिधिहरुले सरुवाका लागि नाम नै तोकेर मन्त्रालयमा पत्र पठाउने गरेका पाइएको छ ।
आफूले भनेका प्रमुख नभए हाजिरै हुन नदिने समेत गरेको उदाहरण जिल्लामा छ ।
केही दिन अघि माधवनारायण नगरपालिकाका प्रमुख वीरेन्द्रराय यादवले आफ्नो रोजाइका स्वास्थ्य फाटका कर्मचारी जियालाल राय यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएपछि स्थानीयले आन्दोलन गरेका थिए ।

तत्कालीन शाखा अधिकृत प्रलभ कायस्थ उक्त जिम्मेवारीमा थिए । मेयरले स्वास्थ्य फाटका यादवलाई जिम्मेवारी दिन मन्त्रालयमा सिफारिस गरेका थिए । मन्त्रालयबाट संयोजक यादवको नाममा पत्र आएपछि स्थानीय आक्रोशित बनेका थिए ।
ईशनाथ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्तालाई हटाएर मेयर सन्तोष मेहताले उपसचिव खेमबहादुर भुजेललाई ल्याउन सिफारीस गरे ।
नगरप्रमुख मेहताको रोजाइमा परेका गुप्तासित केही समयदेखि उनको सम्बन्ध बिग्रिएको थियो । गत साउनमा निमित्त पाएका गुप्ता शिक्षा संयोजक हुन् ।

चार महिनामा पछि नै नगरप्रमुख मेहताले गुप्तालाई मन पराउन छाडेका थिए । उनले मन्त्रालयमा अर्को हाकिम पठाउन पत्राचार नै गरेका थिए । मन्त्रालयले ढिला गरे पछि मेयर मेहता आफैं गएर उपसचिव भुजेलको नाममा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीको पत्र बनाएर आएका थिए ।

शिक्षा संयोजक गुप्ताले भने ‘फर्जी बिलहरू पास गराउन मेयर साहबले दबाब दिन थाले । नियमविपरीत कर्मचारी भर्ना गराउन खोजे,गलत काम गर्न अस्वीकार गर्दा मलाई हटाइयो । इशनाथ नगरपालिकामा ५ वर्षमा ६ जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् ।
‘नगरपालिकालाई बदनाम गर्ने काम गरेपछि मन्त्रालयलाई गुहारे र गुप्ताले लगाएको आरोप सबै गलत भएको मेयर मेहताले बताए ।
राजदेवी नगरपालिकाको अवस्था पनि उस्तै छ । एक महिनाअघि नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सञ्जय पाण्डेलाई हटाएर मेयर धिरेन्द्र सिंहले आफ्नो रोजाइमा परेका स्वास्थ्य फाटका अधिकृत सुबोध साहको नाममा संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयमा पत्र पठाएर जिम्मेवारी तोक्न लगाए ।


गरुडा नगरपालिकाका मेयर इन्नुराय यादवले इन्जिनियर मुस्ताक आलमलाई रुचाएर गत वर्ष निमित्त प्रमुख बनाए । उनी आठौं तहका कर्मचारी हुन् । झण्डै एक बर्ष काम गरिसकेका आलमले भनेको नमानेपछि केही समयअघि मेयर यादबले कार्यालयकै छैटौं तहका स्वास्थ्यका कर्मचारी रामबाबु यादवलाई निमित्तको जिम्मेवारी दिएका थिए ।


मन्त्रालयका अधिकारीहरू पनि मेयर को हर्कतले असन्तुष्ट रहेको बताइएको छ । मन्त्रालयका सहसचिव वसन्त अधिकारीले उपसचिव तहका प्रमुख प्रशासकीय अधिकृत पठायो भने हाजिरै नगराउने र गराइहाले भने पनि पूरा अवधि टिक्नै नदिने प्रवृति रहेको बताएका छन ।
रौतहटमा १८ वटा पालिकामध्ये अधिकाश पालिकाहरुमा मेयर र प्रशासकिय प्रमुख मनमुटाव हुँदै आएको पाइन्छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु