रौतहट , १२ माघ //
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले आलोपालो गरि सेवा दिन थालेका छन्।
प्रशासनले एक सुचना जारि गर्दै सोमवारदेखि कार्यालय परिसरमा भीडभाड नगरी स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर आलोपालो प्रणाली अनुसार स्थानीय तहका नागरिकलाई सेवा दिन थालिएको हो ।
कार्यालयले वार अनुसार स्थानीय तहका नागरिकलाई नयाँ नागरिकता, प्रतिलिपि नागरिकता, राहदानी र विभिन्न सिफारिस लगायतको सेवा प्रवाह गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले जानकारी दिए। आइतबार र सोमबार गौर , राजदेवी , फतुवा विजयपुर नगरपालिका तथा दुर्गाभगवती गाउँपालिकाका नागरिकलाई सेवा दिइने उनले बताए ।
यस्तै मंगलबार र बुधबार बौधिमाई , देवाहीगोनाही , राजपुर नगरपालिकाका र यमुनामाई गाउँपालिकाक नागरिकलाई सेवा दिइने प्रशासनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
बिहीबार र शुक्रबार मौलापुर , कटहरिया , परोहा तथा ईशनाथ नगरपालिकाका बासिन्दालाई सेवा दिइने छ। यसैगरी सार्वजनिक, निजी कार्यालयहरूले स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गरी स्थानीय तह अनुसार आलोपालोमा सेवा प्रवाह गरिने प्रजिअ शाहीले बताए।
जिल्ला प्रशासन कार्यालय रौतहटले यसअघि माघ ६ गते आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालन नगर्ने, गोष्ठी, सेमिनार, बैठकहरू भर्चुअल माध्यमबाट गर्न र भौतिक उपस्थितिमा गर्नुपरेमा जनस्वास्थ्यको मापदण्डको पालना गरी बढीमा २५ जना कोभिडविरुद्धको खोप पूर्ण मात्रा लगाएका मात्र उपस्थित हुन लगायत आदेश जारी गरेको थियो ।